प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी चयन

भञ्ज्याङ समाचारदाता/पोखरा

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९९ सदस्यीय केन्द्रीय कमिटी र तीनवटा आयोगका पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ । सर्वसम्मतिमा नेतृत्व चयनका लागि गठन गरिएको अध्यक्ष मण्डलले नयाँ कमिटीको नाम सार्वजनिक गरेको थियो ।

नवौं राष्ट्रिय अधिवेशनबाट चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् भने उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राइ र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजंग पाण्डे चयन भएका छन् ।

सचिव पदमा प्रदेश नं. १ को सचिवमा विक्रम लुइटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर, प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

चौतारीको अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा, लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा तनहुँबाट तीन जना समेटिएका छन् ।

पोखरामा सम्पन्न नवौं महाधिवेशनबाट तनहुँका तीन जना केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् । तनहुँबाट प्रकाशचन्द्र भट्टराइ केन्द्रीय सदस्यमा चयन भएका छन् । उनी खुल्लातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् । नारायण खड्का र समुन्द्र पौडेल अनुशासन आयोगमा सर्वसम्मत चयन भएका हुन् । आयोगको सदस्यको हैसियत केन्द्रीय कमिटी सदस्य सरह हुन्छ । तीन जना नै यसअघि केन्द्रीय कमिटी सदस्य थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker