जेठाजुले गरे बुहारीको हत्या

काभ्रेपलाञ्चोक । दोलखाको कालिन्चोक गाउँपलिका ५ बन्देथलीमा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज कुमार लामाका अनुसार, जेठाजु ६८ वर्षीय चन्द्रबहादुर थामीले बुहारी ५१ वर्षीया दउमाया थामीलाई घरेलु हातहतियार खुकरी र ढुंगा समेतको प्रहारबाट हत्या गरेको जानकारी दिए ।

उनका अनुसार खुकुरी तथा ढुंगा समेतले टाउकोमा प्रहार गर्दा देउमाया थामीको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यामा संलग्न चन्द्रबहादुर थामी हत्या पश्चात फरार भएका थिए । घटनास्थलबाट फरार रहेका थामीलाई जिल्ला प्रहरी प्रमुख लामा र इलाका प्रहरी कार्यालय सिंगटीको प्रमुख बिष्णुहरि फुँयालसमेतको संयुक्त टोलीले खोजतलास गर्दा घटनास्थलबाट किमि दक्षिणतर्फ कालिञ्चोक गा.पा.६ लेप्टुङको अधेरीखोलास्थित खोल्चाबाट नियन्त्रणमा लिइएको थियो ।

चन्द्रबहादुरले मादक पदार्थ सेवन गरेको समेत पाइएको प्रहरीले जनाएको छ । उनको साथबाट खुकुरी समेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker