कुमाल समाज तनहुँमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङन्यूज

कुमाल समाज नेपाल, जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा आलोक कुमाल चयन भएका छन्। समाजको चौथो अधिवेशनले आलोकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा मार्टिना कुमाल, रीता कुमाल र दिपक कुमाल, सचिवमा सीता कुमाल, सह-सचिवमा चित्र बहादुर कुमाल तथा कोषाध्यक्षमा धन बहादुर कुमाल चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा इनामाय कुमाल, सोम बहादुर कुमाल, सविता कुमाल, अम्बिका कुमाल, बुद्धिबल कुमाल, रजनी कुमाल, बसन्ती कुमाल, भिम बहादुर कुमाल, संगीता कुमाल र भरतमोहन कुमाल चयन भएको बताइएको छ ।










