कृषि गणनाका लागि तनहुँमा १६७ गणना केन्द्र

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय कृषिगणनका लागि तनहुँमा १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०-१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो ।

आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिए । उनका अनुसार तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा १६७ गणना क्षेत्र तोकिएको छ ।

उक्त क्षेत्रका करिब चार हजार १७५ जना कृषक परिवारको छनोटपश्चात गणनाकार्य अघि बढाइनेछ । उहाँका अनुसार भानु नगरपालिकामा २०, व्यासमा १८, शुक्लामा १८, भिमादमा १७ गणना क्षेत्र कायम गरिएको छ । त्यसैगरी म्याग्दे गाउँपालिका १६, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ वटा गणना क्षेत्र रहेका छन् ।

चैत १५ गतेदेखि २१ गतेसम्म गणक तथा सुपरीवेक्षकहरूको तालिम प्रदान गरेपछि फिल्डमा तथ्याङ्क संकलनका लागि पठाइने उनले बताए । पहिलो चरणमा गणकहरूले छानेका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिनेछ ।

त्यसैगरी दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरीवेक्षकद्वारा छानिएका कृषक परिवार औषतमा २५ वटामा पुगी गणकहरूद्वारा कृषक परिवार प्रश्नावली फार्ममार्फत कृषकको तथ्याङ्क लिइनेछ । कृषकले चलन गरेको जग्गा तथा पशुपक्षी पालन, अन्य खेती, वातावरणलगायत विविध विषय सम्बन्धी विस्तृत विवरण संकलन गर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker