रिभर फन जिपलाइन र क्याफेको उद्घाटन, अब ब्यवसायिक उडान नियमित हुने

बाह्र बर्ष देखि एड्भेन्चर र रिसोर्ट ब्यवसायमा लोकप्रिय रिभर फन बिच रिसोर्टका सन्चालकले  निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्ट सम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले संयुक्त रुपमा जीप लाइनको उद्घाटन गरेका छन् ।
५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् । नदि माथीको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन् ।
जिपलाइन खेल्न प्रती ब्यक्ती नेपालीका लागि रु १ हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने बताइएको छ । फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ । फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफिमा परिचीत कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।

रिभर फन क्याफे

रिभर फन क्याफेमा कफि बार, कक्टेल, मक्टेल, बर्गर, पिज्जा क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालनमा आएको छ ।
मल्टि क्युजीन क्याफे भएकाले विदेशी खानाको पारखीहरु देखी नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने अधिकारीको भनाइ छ ।

अन्य एड्भेन्चर

९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ निर्माण गरिएको छ ।
रिभरफन बिच रिसोर्टलाई एड्भेन्चर हब बनाएर ‘गन्यव्य रिभरफन’कै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा तथा गतिविधि थप भैरहेको बताइएको छ ।
जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरु समेत थप भैरहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker