प्रथम पञ्चमुनिदेव एसइइ कप भलिवल प्रतियोगिता
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम पञ्चमुनिदेव एसइइ कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । २०८० सालको एसइइ परीक्षामा सहभागि विद्यार्थी खेलाडीहरु बीच आयोजित प्रतियोगितामा छात्रतर्फ१८ र छात्रातर्फ ४ समुहको सहभागिता रहेको छ ।
प्रतियोगितामा छात्रतर्फ प्रथम र द्धितीय हुने समुहलाई नगद ३० हजार र २० हजार, छात्रातर्फ प्रथमलाई १० हजार र द्धितीलाई ५ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृति गरिने विद्यालयका शिक्षक राजेन्द्र लम्सालले जानकारी गराए । प्रतियोगितामा छात्रातर्फ धर्म मावि भिमाद प्रथम र अरुणोदय मावि द्धितीय भएका छन् । तस्विर : भञ्ज्याङ