प्रदेशस्तरीय यु–१६ फुटबल : तालवेसी र नेपाल पुलिस सेमिफाइनलमा

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलबाट तालवेसी मावि र आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

मीन माविलाई हराउँदै तालवेसी सेमिफाइनल पुगेको छ । तालवेसीले मीन माविलाई ३–१ गोलले पराजित गरेको छ । तालवेसीका कृष्ण थापाले तीन र मीनका निशान शाहीले एक गोल गरे ।

यस्तै नेपाल आदर्श माविलाई ३–२ गोलले हराउँदै आयोजक नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको छ । नेपाल पुलिसका राम क्षेत्रीले दुई र सुजल पराजुलीले एक गोल गरे । नेपाल आदर्शका विधान थापा र अमर गुरुङले एक–एक गोल गरे ।

यस्तै आजै भएको खेलमा ज्ञान बगैँचा बोर्डिङ स्कुलले बाल विद्या सेकेण्डरीलाई ३–१ ले पराजि गरेको छ । यस्तै कञ्चनजङ्घा सेकेण्डरी स्कुलले लिटल गार्डेन बोर्डिङ स्कुललाई २–० ले पराजित गर्यो । ज्ञान बगैँचा र कञ्चनजङ्गा क्वाटरफाइनल प्रवेश गरेको छ ।

विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker