प्रथम शुक्लागण्डकी मेयर कपमा १५ समुहको सहभागिता

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले शुक्रबारदेखि प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न गरेको छ। गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।

पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २-० को सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गरेको हो । मादीले पहिलो सेटमा २५-१७ मा हराउदा दोस्रो सेटमा पनि २५-१७ मै हरायो ।

दोस्रो खेलमा शुक्लागण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २-० को सोझो सेटमा पराजित गरेको छ । निकै कमजोर पर््रदशन गरेको देवघाटले पहिलो सेटमा २५-११ र दोस्रो सेटमा २५-२७ को स्कोरमा पराजय भोग्यो ।

तेस्रो खेलामा स्याङजाको हरिनास गाउँपालिकाले निकै कमजोर सावित भएको व्यास नगरपालिकालाई २५-११, २५-१४ को सोझो सेटमा पाखा लगायो ।

अन्तिम खेलमा नवलपुरको बौदीकाली गाउँपालिका विजयी भएको छ । म्याग्दे गाउँपालिकालाई बौदीकालीले २५-१३, २५-२३ को नतिजा हासिल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घ बहादुर थापाले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर र्सवर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।

यस्तै, शनिबार पहिलो चरणको बाँकी तीन खेल हुनेछ । बाग्लुङको गल्कोट नगरपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिका, तनहुँको ऋषिङ गाउँपालिका र भिमाद नगरपालिका, कास्कीको पोखरा महानगरपालिका र तनहुँको घिरिङ गाउँपालिका भिड्नेछन् । स्याङजाको पुतलीबजार नगरपालिका भने बाई पाएर सिधै दोस्रो चरणको यात्रा प्रवेश गरीसकेको छ। आईतबारसम्म चल्ने प्रतियोगितामा १५ समुहले सहभागीता जनाएका छन्।

प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै भलिबलमा महिला पुरुष दुबैलाई समावेशी तरिकाले खेलाउनुपर्ने बताए। उनले खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औल्याए। नेता पौडेलले अगाडी भने, ‘समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भुमिका रहन्छ ।’

नगरप्रमुख किसान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सविता रर्साईली, शिक्षा शाखाका अधिकृत ज्योत्रि्रकाश तिम्लिसिना लगायतले खेलकुदका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker