स्वर्णपदक विजेता प्रतिमालाई वडा कार्यालयद्वारा सम्मान

भञ्ज्याङ न्यूज

प्रथम शिखर वार राष्ट्रिय बुदोकैदो कराँते प्रतियोगिताको स्वर्णपदक विजेता प्रतिमा सुनारलाई शुक्लागण्डकी नगरपालिका-५ नं. वडा कार्यालयले सम्मान गरेको छ । आफ्नो खेल कौशल मार्फत नगर तथा वडाको गरिमा बढाएको भन्दै बुधबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले सम्मान पत्रद्वारा सम्मान् गरेको हो । सोहि क्रममा लालिगुराँस युवा क्लबले पनि उनलाई सम्मान गरेको थियो ।

बेलचौतरा निवासी सुनारले महिला खुल्ला तौल समूहमा भक्तपुर शिखर वारकी शर्मिला महर्जनलाई हराउँदै १ तोला सुनको पदकसहित नगद पाँच हजार हात पारेकी थिइन् । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष दीर्घबहादुर थापाले स्वर्ण पदक धारी सुनारलाई बधाई दिदै खेल्नका लागि आवश्यक सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले आफ्नो आगामी खेल योजना वडामा पेस गर्न आग्रह गर्दै सरकारले खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताए । सो अवसरमा प्रतिमाको बुबा आमालाई समेत सम्मान गरिएको वडाले जनाएको छ। कार्यक्रममा वडा सदस्य पदम प्रसाद तिमिल्सिना, वडा सचिव शिव पौडेल, बुबा सोमबहादुर सुनार लगायतले बधाई दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker