बन्दीपुरको मिनी ग्रेटवालको १४ सय मिटर कार्य पूरा

रासस/तनहुँ

बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका- २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

हालै रु पाँच करोडको बोलपत्र परेको छ । उहाँले भन्नुभयो, “आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना रहेको छ ।” ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामकरण गरी थालिएको पदमार्गको चौडाइ चार मिटर र पर्खालको उचाइ दुइ फिट रहेको छ ।

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । पछिल्लो समय बाहृय पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएको छ ।

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र गाउँपालिकाको रु दुइ करोड ४५ लाख साझेदारी रहेको जनाइएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker