बन्दिपुरमा ज्येष्ठ नागरिक आश्रम तथा उद्यानको भवन निर्माण गरिने

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ को चिसोपानीमा ज्येष्ठ नागरिक आश्रम तथा उद्यान समितिको भवन निर्माण गरिने भएको छ । समितिका भवन निर्माणका लागि गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शनिबार शिलान्यास गरेका छन्।

नयाँ शहर आयोजना डुम्रे-भन्सारको दुइ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवन बहुबर्षीय योजना अनुरुप पहिलो चरणमा साढे दुइ ढलानमा नौ वटा कोठा बन्ने बताइएको छ ।

उक्त भवनमा क्रियापुत्रीका लागि व्यवस्था गरिनुका साथै खाना पकाउने, खाने, नुहाउने, सुत्ने, विद्युत, इन्टरनेट लगायतका सबै सुविधाको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष थापाले बताए । ‘बजार क्षेत्र साँघुरो बन्दै गएको र मानिसहरुको भीडभाड र होहल्ला बढी हुन थालेपछि शान्त स्थानमा भवन निर्माण गर्न लागिएको हो’, अध्यक्ष थापाले भने, ”भवन निर्माण पश्चात एकै पटकमा चार जनाको परिवार बस्न मिल्ने क्षमताको हुनेछ ।’

उक्त भवनको आमा इन्जिनियरीङ्गले ठेक्का पाएको छ । आगामी असारमसान्त भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका सबइन्जिनियर प्रवेश पुडासैनीले बताए । मौसमले साथ दिएको खण्डमा सम्झौता अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

वडाबासी र भाडामा बस्ने मानिसहरुका आफन्तको निधन हुँदा काजक्रिया गर्न ठाउँ नहुँदा समस्या पर्ने गरेकाले यो भवन उपयोगि बन्न सक्ने वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्त शिवकुमार श्रेष्ठले बताए । यसक्षेत्रमा क्रियापुत्री भवनको टड्कारो समस्या खडि्कएकोले प्राथामिकतामा राखेर भवन बनाउन लागिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रयोग बिहीन अवस्थामा रहेको सार्वजनिक जग्गामा चौडाइ तीस र लम्बाई साठी मिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको छ । व्यवस्थित भवन निर्माण पश्चात सहज रुपमा काजक्रिया तथा ज्येष्ठ नागरिकहरुलाई आश्रय स्थल हुने वडाध्यक्ष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker