तनहुँको म्याग्दे स्थित कालभैरव मन्दिरलाई डस्ट्विन
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-५ मुलाबारीमा स्थित कालभैरव मन्दिरलाई डस्टविन प्रदान गरिएको छ । लायन्स क्लब अफ शुक्लागण्डकी र आर्दश नमुना युवा क्लबले संयुक्त रुपमा मन्दिरलाई चार थान डस्ट्बिन सहयोग गरेका हुन् । मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष बसन्त आले र म्याग्दे गाउँपालिका-५ का वडाध्यक्ष शिव बहादुर आलेलाई उक्त डस्ट्विन उपलब्ध गरिएको छ । मन्दिर क्षेत्रको वातावरण सरसफाईमा उपयोगि होस भन्ने उद्देश्यले डस्ट्विन उपलब्ध गराइएको आर्दश नमुना युवा क्लबका अध्यक्ष गौरव राज रानाले बताए ।
वडाध्यक्ष शिव बहादुर आलेले कालभैरव मन्दिर गाउँपालिकाकै महत्वपूर्ण सम्पदा र चिनारी रहेको र मन्दिरको विकासमा वडाले विभिन्न कामहरु गर्दै आएको बताए । उनले आगामी आर्थिक बर्षा मन्दिरसम्म पुग्ने सिंढी निर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा वडा सदस्य चिनीमाया थापा, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य श्रीलाल थापा, आर्दश नमुना युवा क्लबका अध्यक्ष गौरवराज राना, लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष वरदान क्षेत्री, नेपाली काँग्रेस वडा सभापति चित्र बहादुर थापा, छाङपाटन झिरबास मोटरमार्गका अध्यक्ष टेक बहादुर थापा, कालभैरव मन्दिर व्यस्थापन समितिका निर्देशक शुक बहादुर आले लगायतले मुलाबारी क्षेत्र धार्मिक र प्राकृतिक सुन्दरताको हिसाबले पर्यटनको अत्यन्त सम्भावना बोकेको भएकाले यहाँको विकासमा राजनीति गर्न नहुने बताएका छन् ।










