म्याग्दे दमौली समाजको अध्यक्षमा भाग्यशाली चयन
भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे दमौली समाजको अध्यक्षमा भाग्यशाली ढुंगाना सर्वसम्मत चयन भएका छन् । समाजको शनिवार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा क्या. तारालाल मल्ल, सचिवमा विकास खनाल, कोषाध्यक्षमा राधा न्यौपाने वाग्ले चयन भएका छन् ।
समितिको सदस्यहरूमा सुकराम रहपाल, अस्मिता घिमिरे वाग्ले, सीता घिमिरे वाग्ले, कृष्णराज पौडेल, शेरकुमार कायस्थ, गिरि राम थापा र श्रीकुमारी श्रेष्ठ चयन भएका छन् ।
१३ सदस्य कार्यसमिति अन्तर्गत सचिव र एक सदस्य पदमा अध्यक्षले पछि मनोनित गर्ने विधानमा व्यवस्था रहेको निर्वाचन संयोजक केशवराज पौडेलले बताए । अधिवेशनमा पौडेलको संयोजकत्वमा पदम कुमार श्रेष्ठ र कमला देवी थापा निर्वाचन समितिमा रहेका थिए ।
समाजका अध्यक्ष मनीराज थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार रामबहादुर अधिकारी, क्या. सुर्जकुमार मल्ल, भाग्यशाली ढुंगाना, मनोज अधिकारी, मीनबहादुर चदारो, बलराम वाग्ले, रमा वाग्ले, क्या. तारा लाल मल्ल, बिकास खनाल लगायतले बोलेका थिए ।










