तनहुँका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु

  • रासस (दमौली)

तनहुँ जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु भएको छ । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको तयारी स्वरुप १० वटै स्थानीय तहमा आजदेखि मतदाता नामावली अद्यावधिक शुरु गरेको हो । निर्वाचनका कार्यालयका प्रमुख महेश शर्माका अनुसार १० वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण पश्चात् अद्यावधिकको काम शुरु गरिएको छ । गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम संकलन भई सोही मितिसम्मा १८ वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइएको छ ।

जस बमोजिम मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायत कार्य गरिनेछ । आँबुखैरेनी गाउँपालिकाले आज नै सार्वजनिक सूचना प्रकाशित गरी मतदाता नामावली अद्यावधिकका लागि अनुरोध गरेको छ । वडा नं १ देखि ६ नं वडाको मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदाता नामावली विवरणमा नाम हटाउन, त्रुटि सच्याउन, दाबी विरोध गर्न, दोहोरो नाम परेमा हटाउनुपर्नेमा भएमा सात दिनको अवधिभित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको सहायक नाम दर्ता अधिकारी अशोक घिमिरेले जानकारी दिनुभयो।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुइ लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुइ लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । तनहुँमा गत निर्वाचनमा १० वटै स्थानीय तहमा गरी १३६ मतदान स्थल र २६५ मतदान केन्द्र रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker