आँवुखैरेनीमा एक सय शय्याको अस्पताल चाहिन्छ : अध्यक्ष चुमान

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो पालिकामा एक सय शय्या क्षमताको अस्पताल चाहिने बताएका छन् ।

उनले पन्ध्र शय्याको अस्पताल गाउँपालिकाले सञ्चालन गर्ने र अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारीमा रहेको बताएका छन् ।

अध्यक्ष चुमानले भने, ‘१५ शय्याको अस्पताल गाउँपालिकाले चलाउँछ, सय शय्याको अस्पताल प्रदेश र संघ सरकारको सहकार्यमा बनाउने मन छ ।’

आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अति आवश्यक भइसकेको बताउँदै उनले भने, ‘आँबुखैरेनी तथा आसपासका जिल्लाका र्सवसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल नभई भएको छैन ।’

‘१५ बेडको अस्पताल हामी आफै चलाइरहेका छौ’, अध्यक्ष चुमानले भने, ‘यस क्षेत्रका जनताहरु विरामी हुँदा झिटी झाँम्टो बेचेर बाहिर जिल्लामा उपचार गर्न जान नपरोस भन्ने हाम्रो चाहना छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker