भिमादको मगर भिलेजमा आन्तरिक पर्यटकको भिड (फोटोफिचर)

भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ्गको मगर भिलेजमा नयाँ वर्षका दिन करिब एक हजार जना आन्तरिक पर्यटक पुगेका छन् ।

स्थानीय युवा प्रताप रानाले गामीण जीवनशैली झल्कने गरी निर्माण गरेको मगर भिलेज अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।

मगर भिलेजमा नयाँ वर्षका दिन मात्रै करिब एक लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको छ ।

करिब ५० लाख रुपैयाँको लागतमा तयार गरिएको मगर भिलेजमा घुमाउने घर, विश्वमै ठूलो दाबी गरिएको हाँसी र खुर्पेटो, पीङ ग्रामीण जीवनशैलीमा प्रयोग हुने ढिकी, जाँतो लगायतका वस्तु आकर्षण रहेको युवा रानाले बताए ।

‘मौलिक कला संस्कृतिको सरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मगर भिलेज सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘करिब एक करोड रुपैयाँसम्मको लगानी गरी परम्परागत संस्कार, संस्कृती तथा ग्रामीण जीवनशैलीको संरक्षण एवं अध्ययन अवलोकन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य छ ।’

मगर भिलेजमा स्थानीय मौलिक खानाका परिकारका साथै ग्रामीण जीवनशैली, मगर समुदायको भेषभूषा, संस्कार संस्कृतिमा रम्न पाइने व्यवस्था गरिएको छ ।

तस्विर सौजन्य : प्रताप राना/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker