तनहुँका १० वटै पालिकाको अनुमानित बजेट ७ अरव ७३ करोड (कुन पालिकाको कति ?)
भञ्ज्याङ न्यूज

तनहुँका १० वटै पालिकाले आइतबार नीति, कार्यक्रम तथा अनुमानित बजेट गाउँ/नगर सभामा प्रस्ताव गरेका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै पालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन ।
जिल्लाका १० वटै पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम बनाएका छन् ।
प्रस्तावित नीति तथा कार्यक्रम कार्यन्वयनका लागि ७ अरव ७३ करोड २८ लाख ३९ हजार ७१७ रुपैयाँ बराबरको अनुमानित बजेट समेत प्रस्ताव गरिएको छ ।
व्यास नगरपालिकाले एक अरव ५९ करोड ३१ लाख १ हजार रुपैयाँ, शुक्लागण्डकी नगरपालिकाले १ अरव २८ करोड ३१ लाख ३ हजार रुपैयाँ, भिमाद नगरपालिकाले ६० करोड ९ लाख ४८ हजार ७ सय रुपैयाँ, भानु नगरपालिकाले १ अरव ७ करोड ३२ लाख ५६ हजार रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेका छन् ।
यस्तै, देवघाट गाउँपालिकाले ५० करोड ६६ लाख ९८ हजार ६ सय रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाले ६३ करोड रुपैयाँ, बन्दिपुर गाउँपालिकाले ४९ करोड ८९ लाख ८७ हजार ५१७ रुपैयाँ, म्याग्दे गाउँपालिकाले ५५ करोड ५३ लाख २७ हजार रुपैयाँ, घिरिङ गाउँपालिकाले ४३ करोड ७८ लाख ८९ हजार ९ सय र ऋषिङ गाउँपालिकाले ५५ करोड २५ लाख २८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरेका छन् ।










