आँबुखैरेनी गाउँपालिकाद्वारा घर नक्सा निर्माण निःशुल्क

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले घर तथा भवन निर्माणमा जनतालाई नक्सा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज १ गतेदेखि लागू हुने गरी नयाँ बन्ने निजी घर तथा भवनको नक्सामा निःशुल्क गर्न लागेको हो ।

सेवाग्राहीले प्रस्तावित नक्साको लागि बाहिर निजी कन्सल्टेन्सीलाई न्यूनतम तिर्नुपर्ने रु आठदेखि १० हजारसम्मको रकम तिर्नुनपर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिकाले चालु आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सेवाग्राहीका लागि नयाँ बन्ने घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क गर्ने घोषणा गरेको उनले बताए । पालिकाले तीन तलासम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिने तथा नक्सा पासका लागि भने राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग) वर्गका भवनहरु भुइ तलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ तीन तलासम्म वा ‘स्ट्रक्चलरल स्पान’ ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने जनाइएको छ ।

हाल गाउँपालिकामा ‘स्ट्रक्चरल इन्जिनियर’ को व्यवस्था नभएकाले पहिलो चरणमा भुइ तलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ तीन तलासम्म वा ‘स्ट्रक्चलरल स्पान’ ४.५ मिटरभन्दा कम भएका भवनको नक्सा निःशुल्क गरिएको छ ।

गाउँपालिकाले छिट्टै इञ्जिनीयरको व्यवस्था गरेर उक्त मापदण्ड भन्दा माथिका निजी घर, भवनका साथै व्यावसायिक भवनको निःशुल्क नक्सा बनाउने व्यवस्था गर्ने योजना रहेको अध्यक्ष चुमानले बताए । नक्सा पास नगरी बनाइएका घर तथा भवनमा भने यस्तो सेवा लागू नहुने गाउँपालिका कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker