मालपोत कार्यालय तनहुँद्वारा पहिलो सेवाग्राहीलाई सम्मान
भञ्ज्याङ समाचारदाता/दमौली

मालपोत कार्यालय तनहुँले शुक्रवार पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । जग्गा प्रशासन तथा पारित/रजिष्ट्रेशनको शतवार्षिकीको अवसरमा सम्मान गरिएको हो ।
लिखत गरी दिने विक्रिकर्ता गजरकोट-८ तनहुँका तिलबहादुर श्रेष्ठ र लिखत गराइ लिने खरिदकर्ता बाबुराम श्रेष्ठलाई मालपोत कार्यालय तनहुँका मालपोत अधिकृत खेम बहादुर खत्रीले टिका खादा लगाई सम्मान गरेका थिए ।
वि.सं. १९७९ साल बैशाख १ गतेदेखि पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई १ सय वर्षको गौरवपूर्ण इतिहास पार गरेको अवसरमा तीन दिन शतवार्षिकी कार्यक्रम मनाइएको नायव सुब्बा टीका घोरासाइनीले बताए ।
चैत ३० गते कार्यालय परिसरमा सरसफाई, बैशाख १ गते दीप प्रज्वलन र २ गते पहिलो सेवाग्राहीलाई सम्मान गरी शतवार्षिकी कार्यक्रम मनाइएको छ ।