एसइइको नतिजा खस्कियो : तनहुँका कुनै पनि विद्यार्थीले ल्याएनन् ४ जीपिए

भञ्ज्याङ न्यूज

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा -एसइइ) नतिजा अनुसार जिल्लाको नतिजा खस्किएको छ। तनहुँका कुनैपनि सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले परीक्षामा ४ जीपिए प्राप्त गर्न सकेका छैनन ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा २ जना विद्यार्थीले मात्र ३.९५ जीपिए प्राप्त गरेका छन् । व्यास नगरपालिकास्थित परासर आवसीय माध्यमिक विद्यालयकी छात्रा र शुक्लागण्डकी नगरपालिका स्थित ब्राइट फ्युचर विद्यालयका छात्र गरी २ जनाले ३.९५ जीपिए ल्याएका छन् । उनीहरु संस्थागत विद्यालयका विद्यार्थी हुन् । यस्तै, सामुदायिक विद्यालयतर्फसबैभन्दा बढि जीपिए ल्याउने साधारणतर्फखैरेनीटार माविकी छात्राले ३.८५ र प्राविधिक धारतर्फसत्यवती माविका छात्रले ३.८८ जीपिए प्राप्त गरेका छन्।

४ नगरपालिका र ६ गाउँपालिकाका गरी ६ हजार १५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एसइइ परीक्षाको समयमा १४९ जना अनुपस्थित र ५४ जनाको प्राविधिक रुपमा व्यवस्थापन मिल्न बाँकी रहेर नतिजा प्रकाशन नभएको इकाइका प्रमुख बसन्तराज पौडेलले बताए । उनले भने, ‘नतिजा प्रकाशन भएकामध्ये ४५८ जनाको जीपिए १.६ तल आएको छ ।’

जिल्लाका विद्यालयको २०७७ सालभन्दा २०७८ सालको एसइइको नतिजा खस्किएको देखिन्छ । अघिल्लो वर्ष सामुदायिकमा ६७ र संस्थागतमा ६३ गरी १३० जना विद्यालर्थीले ४ जीपिए ल्याएका थिए । यसवर्ष भने सबैभन्दा बढि जीपिए भनेकै ३.९५ हो । अघिल्लो वर्षमा ३.७५ देखि ४ जीपिए ल्याउने ८५४ जना थिए भने अहिले ४२ जनामात्र छन् ।

त्यस्तै, अघिल्लो वर्ष ३.२५ देखि ३.७५ ल्याउने एक हजार ३७१ जना थिए भने यो वर्ष २८१ जना रहेका छन् । यसैगरी २.८५ देखि ३.२५ जीपिए ल्याउने पहिले २ हजार ३६ जना थिए भने अहिले ६१४ जना मात्र रहेको कार्यालयले जनाएको छ ।

यस्तै, शुक्लागण्डकी स्थित पञ्चमुनी माविका ४ जना विद्यार्थीले २०७७ सालको एसइइ परीक्षामा ४ जीपिए ल्याएका थिए । अहिले ३.८ जीपिए रहेको विद्यालय प्लसटुका संयोजक लक्ष्मण पुरीले बताए । उनले भने, ‘कोरोना कहरका कारण शैक्षिक गतिविधि राम्रोसंग सञ्चालन हुन नसक्दा अहिले एसइइको नतिजा खस्किएको छ ।’

यस विद्यालयका २१६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये ३.६ देखि ३.८ जीपिए १२ जना विद्यार्थीले ल्याएका छन् । उनले भने, ‘आन्तरिक परीक्षामा उत्कृष्ट रहेका विद्यार्थीको नपत्याउने तरिकाले नम्बर आएको छ । धेरै विद्यार्थीहरु रि-टोटलिङ गर्ने भनिरहेका छन् ।’

नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक गनिने सत्यवती माविका विद्यार्थीहरुको नतिजा पनि राम्रो आएको छैन । अघिल्लो वर्षधेरै विद्यार्थीले ४ जीपिए ल्याउन सफल भएपनि यो वर्षने ३.८८ जीपिए नै उत्कृष्ट जीपिए रहेको प्रधानध्यापक एकबहादुर गुरुङले बताए । उनले भने, ‘अघिल्लो वर्षआन्तिरिक मुल्यांकनका आधारमा नम्बर पठाइएको थियो । यो वर्षभने बोर्डले नै पुरानो हिसावमा परीक्षा लियो । छोटो समयको पढाइ पश्चातको परीक्षाले सबैको नतिजा खस्काएको छ ।’

यस्तै, कोरोनाका कारण अधिकांश परीक्षाको नतिजा परीक्षा नदिइकन निकाल्ने पछिल्लो प्रचलनले विद्यार्थीले नपढेपनि पास हुने रहिछ भन्ने सोच पाल्दा एसइइको नतिजा खस्किन पुगेको व्यास नगरपालिका-१ जलदेवि माविका प्रधानध्यापक जयराम सेढाइ बताउँछन् ।

‘कोरोनाका कारण दुइ वर्ष राम्रोसंग पढाइ पनि भएन, नपढि र परीक्षा पनि राम्रोसंग नलिई विद्यार्थीलाई कक्षा चढाइयो, नपढि पनि पास हुने रहिछ भन्ने सोच पालिसकेका विद्यार्थीलाई ६ महिनाको पर्ढाईपछि एसइइमा सहभागि गरायौं’, उनले भने, ‘सिकाई नपुगि कक्षा चढाउने र पढनुपर्छ भन्ने सोच नै हराइसकेका विद्यार्थीलाई छोटो सिकाई पश्चात परीक्षामा सहभागि गराउँदा नतिजा खस्कन पुगेको हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker