भानु नगरपालिकाको वडा-वडामा सार्वजनिक सुनुवाई

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले वडा-वडामा सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ । यसै क्रममा बुधबार वडा नं. १ मा सार्वजानिक सुनुवाई गरिएको छ ।

चालू आव २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षा, हालसम्म भए गरेका काम कारवाहीहरू, समस्याहरू, भावि योजनाहरूका बारेमा जानकारी गराउने र सेवा प्रवाहको गुणस्तर र यसको प्रभावकारिता, जनताको सन्तुष्टि तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

वडा नं. १ की अध्यक्ष कान्छीमाँया तामाङले नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्थानीयले कृषि उत्पादन बढाउन नमुना कार्यक्रम गर्नुपर्ने, सिंचाईको ब्यवस्थापनमा जोड दिनु पर्ने, उत्पादनमा आधारित अनुदान बढाउनु पर्ने, कच्ची सडकको स्तरोन्नती गर्न ध्यान दिनु पर्ने, वृहत खानेपानी योजना संचालन गर्नु पर्ने, स्वस्थ्य इकाइहरुमा ओैषधीको अभाव हुन नहुने लगायतका सुझाव दिएका थिए ।

यस्तै, सहभागिहरुले सामुदायीक विद्यालयलाई गुणस्तरीय बनाउन सरोकारवाला सबैले ध्यान दिनु पर्ने, विद्यालय खाजा कार्यक्रममा थप बजेटको ब्यवस्था गर्नुपर्ने, ठेकेदारले योजनाको काममा ढिलासुस्ती गरेको गुनासो गरेका छन् ।

र्सार्वजनिक सुनुवाईमा फोहोर ब्यवस्थापनमा जोड दिनु पर्ने, महिलाहरुको आय आर्जन र खेलकूद गतिविधिमा ध्यान दिनु पर्ने, डुम्रे-भन्सार नयाँ शहर आयोजनाको केन्द्र रहे पनि हुनु पर्ने बिकास नभएको, एकीकृत बस्ति बिकास कार्यक्रमको योजना तत्काल अगाडि बढाउनु पर्ने, नगरपालिका र वडाको आफ्नै भवन बनाउन जोड दिनुपर्ने, उद्योग स्थापनामा हातेमालो गर्नुपर्ने, स्वरोजगार मूलक कार्यक्रम संचालन गर्नु पर्ने, समग्र पालिकालाई नमुना पालिकाको रुपमा विकास गर्नु पर्ने लगायतका सहभागीले सुझाव दिएका छन् ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उप-प्रमुख उमा गोतामे, वडा अध्यक्ष कान्छीमायाँ तामाङले सहभागीहरुको जिज्ञासा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker