लमजुङमा मध्यरात मर्स्याङ्दीमा बस खस्दा चालक बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ मा मध्यराति मर्स्याङ्दीमा बस खस्दा चालक बेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका १३ घर भई हाल ससुराली लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ङादी बस्दै आएका अन्दाजी ४० वर्षीय खेमबहादुर भुजेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेंशीसहरबाट शनिबार यात्रु लिएर गएको ध १ ख ३७२ नम्बरको बस मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी बगैंचामा बिग्रिएको थियो । बस मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राति साँढे १२ बजेतिर बस मर्स्याङ्दीमा खसेको हुन सक्ने खुदी प्रहरी चौकी प्रमुख सई प्रेमप्रसाद शर्माले बताए ।

उनका अनुसार बस सडकबाट करिब १५–२० मिटर तल खसेर मर्स्याङ्दीमा आधा डुबेको छ । आइतबार बिहान साढे ७ बजेतिरमात्रै एक जना जिप चालकले खबर गरेपछि दुर्घटनाबारे जानकारी पाएको सई शर्माले बताए । उक्त बस निकाल्नका लागि एक्साभेटर प्रयोग गर्ने तयारी गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले मर्स्याङ्दीमा मध्यराति बस खसेको र चालक बेपत्ता भएको बुझिएको बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker