स्कुल स्वीटर अभियान मार्फत विपन्न बालबालिकालाई सहयोग

दमौली : स्कुल स्वीटर अभियान मार्फत विपन्न बालबालिकालाई स्वीटर सहयोग गरिएको छ । तनहुँको व्यास नगरपालिका–१२ छाब्दीका अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालित ‘स्कुल स्वीटर अभियान’ अन्तर्गत आर्थिक रुपमा कमजोर बालबालिकालाई सहयोग गरिएको हो ।
अभियानका क्रममा व्यास–१३ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत २६ जना बालबालिकालाई जाडोमा लगाउनका लागि विद्यालयको स्वीटर प्रदान गरिएको छ ।
यस सहयोग कार्यको प्रशंसा गर्दै व्यास–१३ का कार्यवाहक वडा अध्यक्ष हरिचन्द्र पन्थले अभियानका नेतृत्वकर्ताहरूलाई विद्यालयमा सम्मान गरेका थिए । सामाजिक उत्तरदायित्व वहन गर्दै गरिएको यो अभियानले विपन्न बालबालिकालाई ठूलो राहत पुगेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker