तनहुँको व्यास सहकारी सञ्चालक समिति अध्यक्षमा पुनः अधिकारी चयन

दमौली : तनहुँको दमौलीस्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले शनिबार दमौलीमा १८औं वार्षिक साधारणसभा तथा आठौं निर्वाचन सम्पन्न गरेको छ । सहकारीको निर्वाचनले संस्थाको अध्यक्षमा पुनः प्रदीपराज अधिकारी सर्वसम्मत चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा त्रिभुवन श्रेष्ठ, सचिवमा केशव भट्टराई, कोषाध्यक्षमा चिरौकाजी बतास र सदस्यहरुमा कोपिला थापा, नविन वस्ती, सुदेव भूमि, बेदकुमारी काफ्ले वाग्ले र प्रेमकुमार श्रेष्ठ चयन भएको बताइएको छ ।
यस्तै लेखा समितिका संयोजकमा राजेश्वर हड्खले र सदस्यहरुमा दुर्गाविलास भट्टराई र सीता पाण्डे चयन भएका छन् ।










