माघ १६ गतेबाट तेश्रो भीमकाली महोत्सव सुरु
भञ्ज्याङ समाचारदाता/भिमाद

आर्थिक, समाजिक, साँस्कृतिक पक्षको जगेर्ना गर्ने लक्ष्य सहित यही माघ १६ गतेबाट तेश्रो भीमकाली महोत्सव गरिने भएको छ । गीत, संगित, रचना, श्लोक मार्फत समृद्ध भीमकाली बनाउने अभिप्राय स्वरुप महोत्सव गर्न लागिएको समाजको अध्यक्ष केदार सिग्देलले बताए।
भीमाद नगरपालिका-१, को मदननगर ठुलोवगैचामा हुने महोत्सवमा व्यवसायिक कृषकलाई सम्मान, कृषि समाग्रीको प्रदर्शनी, उत्कृष्ट कृषक र समाग्रीलाई पुरस्कृत समेत गरिने भएको छ । भीमाद नगरपालिकाको वडा नं १, २, ६, र ७, स्याङजा नगरपालिकाको ६ र ७ वडा र घिरिङ गाउँपालिकाको २ र ३ कार्यक्षेत्र रहेको समृद्ध भीमकाली समाज ४५ किलोमिटर क्षेत्रफललाई आफनो कार्यक्षेत्र बनाएर काम गर्दे आईरहेको छ ।
समृद्ध भीमकाली समाज भित्र रहेका कलाकार, गीतकार, साहित्यकारले महोत्सवमा आफनो कलामार्फत भीमकाली समाजको विशेषता कला मार्फत प्रस्तुत गर्नेछन् । कार्यक्षेत्र भित्र रहेका स्थानीयलाई आर्थिक, समाजिक रुपमा सबल बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको र यसैमा यो महोत्सव केन्द्रित हुने अध्यक्ष सिग्देलले बताए ।
हरेक वर्षको माघ १६ गते महोत्सव गर्दै आएको तेश्रो भीमकाली महोत्सवमा भीमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होम वहादुर थापा, स्याङजा चापाकोट नगरपालिकाका नगरप्रमुख देव वहादुर खाँडले कार्यक्रममा सम्वोधन गर्ने बताइएको छ ।










