स्थानीय निर्वाचन : तनहुँका ८५ वटा वडा मध्ये एमाले १० वडा, कांग्रेस ११ वडामा र माओवादी केन्द्र ३ वडामा विजयी

भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा मतगणना जारी छ । जिल्लाको व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा अहिले मतगणना भइरहेको छ । यो समाचार तयार पार्दसम्मको अवस्थामा तीन पालिकामा नेकपा (एमाले), चार पालिकामा नेपाली कांग्रेस र दुइ पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसले शुक्लागण्डकी नगरपालिकाको प्रमुख, भानु नगर प्रमुख, उपप्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र देवघाट गाउँपालिकाको अध्यक्षमा अग्रता लिएको छ ।

एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्ष, भिमाद नगर प्रमुख, उपप्रमुख, देवघाट गाउँपालिकाको उपाध्यक्ष, घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले बन्दिपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

यस्तै, तनहुँको ८५ वडामध्ये यो समाचार तयार गर्दासम्म २४ वडाको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजामध्ये नेकपा एमाले १०, नेपाली कांग्रेसले ११ वडा जितेका छन् भने नेकपा माओवादी केन्द्रले ३ वटा वडामा विजयी भएको छ ।

एमालेले जितेका वडाहरु

म्याग्दे-३ को वडाध्यक्षमा एमालेका अधिकारी विजयी

मतपरिणाम अनुसार म्याग्दे गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी भएका छन् । ६६१ मत प्राप्त गरी अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम भट्टराइले ५८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेलाई ३८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार ३३० मत खसेको थियो ।

यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसका बालचन्द्र घिमिरेले ५८८, नेकपा एमालेका प्रकाश घिमिरेले ५७८, महिला सदस्यमा नेपाली कांग्रेसका जानकी थापा ५६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली ७१० मत प्राप्त गरी विजयी भएका छन् ।

बन्दिपुर-४ मा एमालेको प्यानल विजयी

बन्दिपुर गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरेका थिए । सदस्यहरूमा नेकपा एमालेका रवि श्रेष्ठ ७०१, भिम घले ६४५, महिला सदस्यमा ममता राना ६७७ र दलित महिला सदस्यमा भगवती सुनारले ६७९ मत प्राप्त गरी विजयी भएका छन् ।

घिरिङ-२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरेका थिए । यस्तै, महिला सदस्यमा नेकपा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले ९६३, खुल्ला सदस्यमा आशबहादुर थापाले ९६० र धनबहादुर रानाले ९७१ मत प्राप्त गरी विजयी भएका छन् ।

म्याग्दे-१ मा एमालेका मणिभद्र विजयी

म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्ले ६९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद खनालले ५३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले २८१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका मीनबहादुर थापा ६३८, नेकपा एमालेका मिनबहादुर गुरुङ ६०८, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर ७१४ र दलित महिला सदस्यमा नेकपा एमालेका केशरी सुनार ६९६ मत प्राप्त गरी विजयी भएका छन् ।

देवघाट-१ मा एमालेको प्यानल विजयी

देवघाट गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्षमा मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले ८८१, सुन्दर भुजेलले ८६३, महिला सदस्यमा मनमाया गुरुङले ८८४ र दलित महिला सदस्यमा नानुमाया विकले ८९५ मत प्राप्त गरी विजयी भएका छन् ।

भिमाद-३ मा एमालेको प्यानल विजयी

भिमाद नगरपालिका-३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी ६३१ मत प्राप्त गरी विजय भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर थापाले ५०४ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले ५९०, खुल्ला सदस्यमा नारायण आलेले ५७७ र बसन्तसिंह ठकुरीले ५७१ मत प्राप्त गरी निर्वाचिन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भिमाद-२ मा एमालेको प्यानल विजयी

भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेले प्यानलै जितेको हो । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिमबहादुर थापाले ६५६ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा मेखबहादुर थापाले एक हजार ३४१, प्रेम रानाले एक हजार ३९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार ४७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् ।

देवघाट-४ मा एमालेको प्यानल विजयी

देवघाट गाउँपालिका-४ को वडाध्यक्षमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गरेका छन् ।

बन्दिपुर-१ को अध्यक्षमा एमालेका श्रेष्ठ विजयी

बन्दिपुर गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार शिवकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९०९ मत ल्याएर विजयी भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार सहित ३ जना विजयी भएका छन् । अन्य २ जना नेकपा माओवादी केन्द्रबाट विजयी भएका छन् । श्रेष्ठका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार भानुभक्त पोख्रेलले ६८१ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसबाट इमनाथ खनालले ६७६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार पोख्रेल ५ बर्षे कार्यकाल संचालन गरी पुनः उम्मेदवार बनेका थिए ।

यस्तै खुल्ला सदस्यहरुमा एमालेका डिलबहादुर राना -विजय) ७२३, रोशनी बराकोटी रावत ७९४, नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम शाहीले ७४६ र कौशिला बिकले ७५४ मत प्राप्त गरी विजयी भएका छन् ।

भानु-२ को अध्यक्षमा एमालेका त्रिपाठी विजयी

भानु नगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार केशवराज त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ६२२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीनराज दाहालले ६१९ मत प्राप्त गरेका छन् ।

यस्तै महिला सदस्यमा एमालेकी मीना कुमारी श्रेष्ठले ७३३, नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा चनमाया बसेलले ६३८, खुल्ला सदस्यहरु तल बहादुर गुरुङले ६२४, विवेक श्रेष्ठले ६२९ मत प्राप्त गरी विजयी भएका छन् ।

कांग्रेसले जितेका वडाहरु

भिमाद-१ को अध्यक्षमा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिपक आले विजयी भएका छन् । आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुइ मत प्राप्त गरेका थिए । यस्तै, एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार १०२ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली कांग्रेसबाट महिला वडा सदस्यले ९४०, दलित महिला सदस्यले ९३६, वडा सदस्यले ८८० र ८८० मत प्राप्त गरेका थिए ।

म्याग्दे-२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । उनले ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरेका छन् । सदस्यमा नेपाली कांग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

ऋषिङ-२ मा कांग्रेसको प्यानल विजयी

ऋषिङ गाउँपालिका-२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्ष दलबहादुर थापा ४६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा नेपाली कांग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले ४४९, सदस्यमा देविनबहादुर शाहीले ४४८ र पहलसिं सारुले ४५५ मत प्राप्त गरेका छन् ।

घिरिङ-१ मा कांग्रेसको प्यानल विजयी

घिरिङ गाउँपालिका-१ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका वडाध्यक्ष रविचन्द्र घोरासैनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा कांग्रेसका मिना आलेले एक हजार १०९, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुल्ला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गरेका छन् ।

शुक्लागण्डकी-१ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रविचन्द्र पौडेल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा दोहोरिएका हुन् । पौडेलले एक हजार ११३ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रघुनाथ पौडेलले ८४२ मत प्राप्त गरे । खुला वडा सदस्यमा नेपाली कांग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार ११०, खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार १०३ मत प्राप्त गरी विजयी भएका छन् ।

देवघाट-२ मा कांग्रेसको प्यानल विजयी

देवघाट गाउँपालिका-२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरेका छन् । महिला सदस्यमा हुममाया खाँणले ८२०, दलित महिला सदसयमा बालकुमारी परियारले ७०६, खुल्ला सदस्यमा पोलबहादुर आलेले ७८६ र यामबहादुर मगरले ८१८ मत प्राप्त गरी विजयी भएका छन् ।

शुक्लागण्डकी- ४ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका-४ मा नेपाली कांग्रेको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार राजकुमार वाग्लेले ७७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका विष्णुबहादुर रानाले ६४८ मत प्राप्त गरेका छन् । खुला वडा सदस्यतर्फमदन श्रेष्ठ ७८२ र महिप ज्वारचनले ७७९, महिला सदस्यमा मिठुमाया थापा मगर ७९९, दलित महिला सदस्य मिना रोका सुनारले ७८७ मत प्राप्त गरी विजयी भएका छन् ।

शुक्लागण्डकी-३ मा पनि कांग्रेसको प्यानलै विजयी

शुक्लागण्डकी नगरपालिका-३ मा कांग्रेसले जित निकालेको छ । अघिल्लो निर्वाचनमा यहाँ वडाध्यक्ष सहित चार जना वडा सदस्य नेकपा एमालेबाट विजयी भएका थिए । यसपालिका कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका सचिन भुजेल ३२५ मतको अन्तरले विजयी भएका छन् । उनले ८०५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन रिमालले ४८० र माओवादी केन्द्रका कमलबहादुर थापाले १९८ मत प्राप्त गरेका छन् । वडामा एक हजार ७०६ मत खसेको थियो । खुल्ला वडा सदस्य विजय श्रेष्ठले ६२९, केशरबहादुर थापा मगरले ७०५, खुला महिला वडा सदस्यमा उमादेवी सुवेदी ७१२ र दलित महिला वडा सदस्यमा लक्ष्मी सुनारले ७०७ मत प्राप्त गरी विजयी भएका छन् ।

ऋषिङ-३ मा कांग्रेसको प्यानल विजयी

ऋषिङ गाउँपालिका-३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर थापा ८०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बेलबहादुर आलेले २३६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कमला थापाले ८०८, दलित सदस्य कविता घलेले ८०८, खुल्ला सदस्य केशबहादुर आलेले ८१० र मीनबहादुर थापा मगरले ७७२ मत प्राप्त गरी विजयी भएका छन् ।

म्याग्दे-४ मा कांग्रेसको प्यानल विजयी

म्याग्दे गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका ज्योतिकुमार श्रेष्ठले ३३२ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका राजु रानाले १८७ मत प्राप्त गरेका थिए । खुल्ला सदस्यमा डोलबहादुर सुनारले ८१२, बमबहादुर मस्राङ्गीले ७९७, महिला सदस्यमा बद्रीका भट्टराइले ९२५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले ९०८ मत प्राप्त गरी विजयी भएका छन् ।

शुक्लागण्डकी-२ मा कांग्रेसका सुमन विजयी

शुक्लागण्डकी नगरपालिका-२ मा नेपाली कांग्रेसका उम्मेदवार सुमन राना विजयी भएका छन् । रानाले ९२५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका तिर्थराज खनालले ८६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका शंकर पन्तले ४२१ मत पाए । वडा सदस्यमा नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले जितेका वडाहरु

आँबु-१ मा माओवादीको प्यानल विजयी

आँबुखैरेनी गाउँपालिका-१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा प्रेमबहादुर गुरुङ ८५१ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका किसन थापाले ४१५ मत प्राप्त गरेका छन् । सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले ७५२, कुमारबहादुर मगरले ७४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले ७५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले ८०८ मत प्राप्त गरी विजयी भएका छन् ।

ऋषिङ-१ मा माओवादीका कुश विजयी

ऋषिङ गाउँपालिका-१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुश थापा विजयी भएका छन् । नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी भएका हुन् । थापाले ८३१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले ८२६ मत प्राप्त गरेका छन् । चार वडा सदस्य भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सविना रानाले ८४६, दलित महिला सदस्यमा आशा नेपालीले ८५८, खुल्ला सदस्यमा धनबहादुर आलेले ८३३ र भिमबहादुर थापाले ७८१ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी-२ मा माओवादीको प्यानल विजयी

आँबुखैरेनी गाउँपालिका-२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशबहादुर गुरुङको प्यानल विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् । महिला सदस्यमा माओवादी केन्द्रका टंककुमारी सिंजाली मगरले ७०३, दलित महिला सदस्यमा सम्झना सुनारले ७११, खुल्ला सदस्यमा कमलबहादुर मगरले ६५८ र बासुदेव थापाले ६५५ मत प्राप्त गरी विजयी भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker