नेकपा एमालेमै फर्किए व्यास-४ का वडा सदस्य गुरुङ

भञ्ज्याङ न्यूज

व्यास नगरपालिका-४ का वडा सदस्य मनबहादुर गुरुङ नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका गुरुङले विहीबार एक विज्ञप्ति जारी गर्दै आफु एमालेमै फर्किएको जानकारी दिएका छन् ।

विगतमा आफूलाई भ्रममा पारेर नेकपा एसमा सनाखत गर्न लगाइयो’, उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पार्दै नेकपा एमालेलाई कमजोर पार्ने उद्देश्यका साथ केही समय अगाडिदेखि कटित नेकपा एकिकृत समाजवादी पार्टी खोल्ने र हामी जस्ता इमान्दार कार्यकर्ताहरुलाई भ्रमित पार्ने काम गरियो ।’

उनले आफु नेकपा एमालेको सुर्य चिन्हबाट जननिर्वाचित प्रतिनिधि भएको र म मेरै प्यारो पार्टी नेकपा एमाले आफ्नै मुल घरमा फिर्ता भएको विज्ञप्ती मार्फ् जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker