सुनौलो हजार दिनका आमाहरु

तनहुँको ऋषिङ गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा सहभागि भएका स्थानीय महिला र बालबालिका ।

गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाई र काहुँशिवपुर स्वास्थ्य चौकीले मंगलबार आमा समुहमा सुनौलो हजार दिनका आमाहरूलाई पोषण विशेष अभिमुखिकरण कार्यक्रम गरेका थिए ।

कार्यक्रममा सुनौलो हजा दिनका आमाहरुलाई पोषण विशेष अभिमुखिकरण कार्यक्रममा सर्वोत्तम पिठो बनाउने तरिका, बालबालिकालाई उमेर अनुसार शिफारिस गरिएका खाने कुरा र उचित मात्रा एवं पटक साथै स्थानीय स्तरमा उपलब्ध विभिन्न पोषणयुक्त खानेकुराहरुका सन्दर्भमा जानकारी गराइएको थियो ।

तस्विर : भञ्ज्याङ










