स्थानीय निर्वाचन : तनहुँका कुन पालिकामा कुन दलका क–कस्ले दर्ता गरे उम्मेदवारी (नामावलीसहित)

आसन्न स्थानीय तहको निर्वाचनका लागि तनहुँका १० वटै पालिकामा आइतबार सोमबार धुमधामका साथ दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ दलहरु बीच गठबन्धन गरी चुनावमा उत्रने केन्द्रमा सहमति भएपनि तनहुँमा भने त्यो सहमति कार्यान्वयन हुन सकेको छैन । सत्तारुढ दलले तनहुँका १० वटै पालिकामा एक्लाएकलै उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
चुनावी तालमेलका लागि तनहुँमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच चुनावी तालमेल तथा सिट बाडफाडका लागि पटक पटक बसेको बैठकले कुनैपनि निष्कर्ष निकाल्न नसकेपछि सोमबार ३ बजेपछि गठबन्धनका दलहरुले एक्लाएकलै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमती नजुटेपछि आ–आफ्नै ढंगले उम्मेदवारी दर्ता गराउने र सहमतिका लागि आवश्यक छलफल गरी अझै प्रयास गर्ने गठबन्धन दलहरु बीच सहमति भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सह–सचिव अतिन्द्रकेशरी न्यौपानेले बताए ।
नेकपा एमाले
स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले तनहुँले १० वटै पालिकामा धुमधामका साथ सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएको छ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरी एमाले तनहुँले दलबलका साथ उम्मेदवारी दर्ता गराएको छ ।

एमाले तनहुँले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, उपाध्यक्ष मिना अधिकारी, बन्दिपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा फूलमती थापा, भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, उपप्रमुखमा जोशी समुहबाट केशर बहादुर गुरुङ, व्यास नगरपालिकाको प्रमुखमा जोशी समुहबाट दीपकराज जोशी र उपप्रमुखमा एमालेबाट बसुन्धरा घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्नादेवी घिमिरे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कंडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस तनहुँले जिल्लाका १० वटै पालिकामा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । कांग्रेसबाट जिल्लाको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, उपाध्यक्षमा राधा खनालको उम्मेदवारी दर्ता भएको छ । यस्तै, आँवुखैरेनी गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्षमा पवित्रा गौली, बन्दिपुर गाउँपालिकाको अध्यक्ष ध्रुवलाल प्रधान, उपाध्यक्ष सविना थापा, भानु नगरपालिकाको प्रमुखमा आन्नदराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामेको उम्मदेवारी दर्ता भएको छ ।

जिल्लाको सदरमुकामा रहेको व्यास नगरपालिकाको प्रमुखमा पुनः बैकुण्ठ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा इन्द्र दरै, म्याग्दे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः माया राना र बालकृष्ण घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डितले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा तालमेल गरी जानका लागि नेकपा माओवादी केन्द्रलाई छाडिएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
भिमाद नगरपालिकाको प्रमुख पद तालमेल गरी नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा कांग्रेसका मिलन आलेले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । घिरिङ गाउँपालिकाको अध्यक्षमा गंगा कुमालको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा माओवादी केन्द्रका लागि छाडिएको छ । यस्तै, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, व्यास नगरपालिकाको प्रमुख पदमा कांग्रेसका स्थानीय नेता वृषराज श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । व्यास–२ निवासी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।
व्यास नगर प्रमुख पदका लागि स्वतन्त्रबाट व्यास–९ की पार्वती कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट व्यास–५ की अनिता थापा र विवेकशील साझा पार्टीबाट व्यास–११ का रमेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी विवेकशील साझाबाट व्यासको उपप्रमुखमा हसिना बानुको उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले देवघाट गाउँपालिकाको अध्यक्षमा सञ्जय पौडेल, उपाध्यक्षमा चिजा अधिकारी, भानु नगरपालिकाको उपप्रमुख श्रीराम पौडेल, व्यास नगरपालिकाको प्रमुखमा शंकरनारायण श्रेष्ठ, उपप्रमुखमा मनुमाया श्रेष्ठ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बेलबहादुर अधिकारी, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कमल गैह्रे, उपप्रमुखमा रेखा थापा बस्याल, भिमाद नगरपालिकाको प्रमुखमा काजीमान श्रेष्ठ र घिरिङ गाउँपालिकाको उपाध्यक्षमा पूर्ण बहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएको पार्टी सचिव श्रीराम कार्कीले बताए ।

नेकपा माओवादी केन्द्र
यस्तै, नेकपा माओवादी केन्द्रबाट व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने र उपप्रमुखमा देवा सुर्खालीले उम्मेदवारी दर्ता गराएका छन् । बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै नेतृत्वले दोहो¥याएर उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको उपाध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङले सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, देवघाट गाउँपालिकाको अध्यक्षमा सुशिला नेपाल, उपाध्यक्षमा भुवन गुरुङ, आँवुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा आले, भानु नगरपालिकाको प्रमुखमा सिताराम अधिकारी, उपप्रमुखमा ओमकुमारी पौडेल, म्याग्दे गाउँपालिको अध्यक्ष दिलिप कुमार श्रेष्ठ, उपाध्यक्षमा दुर्गा थापा, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, भिमाद नगरपालिकाको प्रमुखमा रामबहादुर थापा, उपप्रमुखमा तुममाया राना, घिरिङ गाउँपालिकाको अध्यक्षमा हरि अधिकारी, ऋषिङ गाउँपालिकाको अध्यक्षमा देविका पुर्जा, उपाध्यक्ष मधुप्रसाद थापले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, आसन्न स्थानीय निर्वाचनका लागि जिल्लामा आइतबार स्वतन्त्र र साना दलका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका थिए । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु गरिएको थियो । जिल्लामा राप्रपा, विवेकशील साझा पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टी, मौलिक जारोकिलो पार्टीका साथै स्वतन्त्र उम्मेद्वारहरुले पालिकाका विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाको सदरमुकाममा रहेको व्यास नगरपालिकामा २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये ३ जनाले प्रमुख, २ जनाले उपप्रमुख, ४ जना वडाध्यक्ष र अन्य सदस्य पदमा उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।

नगर प्रमुख पदका लागि स्वतन्त्रबाट व्यास–९ की पार्वती कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट व्यास–५ की अनिता थापा र विवेकशील साझा पार्टीबाट व्यास–११ का रमेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी विवेकशील साझाबाट उपप्रमुखमा हसिना बानुको उम्मेदवारी परेको उनले बताए । यस्तै, व्यास–१० को वडाध्यक्षमा सागर घिमिरेले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।
भानु नगरपालिकामा एक जना स्वतन्त्र उम्मेद्वार विष्णुप्रसाद पोख्रेलले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । शुक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, ३ जना वडाध्यक्ष र एक जना सदस्य गरी ६ जनाको उम्मेद्वारी परेको छ । प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीबाट जगदिश काफ्लेको उम्मेद्वारी परेको निर्वाचन अधिकृत सरिता रायमाझीले बताइन् ।

शुक्लगण्डकी–६ को वडाध्यक्षमा फणिन्द्रबहादुर राना, शुक्लागण्डकी–११ को वडाध्यक्षमा सन्तोष मल्ल र शुक्लागण्डकी–७ को वडाध्यक्षमा तुलसीप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । मल्ल र पौडेल स्वतन्त्र उम्मेद्वार हुन् भने रानाले मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेद्वारी दिएका छन् । यसैगरी अर्गनाइजेसनबाटै बसन्ती थापाले शुक्लागण्डकी–६ को महिला सदस्य पदमा उम्मेद्वारी दिएकी छन् ।

भिमाद नगरपालिकामा राप्रपाबाट प्रमुखमा विष्णुभक्त खनाल र उपप्रमुखमा बसन्ति अधिकारीको उम्मेद्वारी परेको छ । भिमाद–३ को वडाध्यक्षमा नारायणबहादुर मल्ल, महिला सदस्यमा विमला मल्ल, भिमाद–६ वडाध्यक्षमा राजेन्द्र गैरे, भिमाद–६ वडाध्यक्षमा महोमद अलि मियाँ र भिमाद–७ वडाध्यक्षमा जनन्नजय भण्डारी रहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । उनका अनुसार सबै उम्मेद्वार राप्रपाबाट हुन् । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा केशव अधिकारीले मात्र स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै, आँबुखैरेनी गाउँपालिकामा विवेकशील साझा पार्टीबाट उत्सव अधिकारीले अध्यक्ष, राप्रपाबाट इमबहादुर क्षेत्रीले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृत चिरञ्जवी पौडेलले बताए । उनका अनुसार आँबुखैरेनी–१ को वडाध्यक्षमा स्वतन्त्रबाट कर्णबहादुर गुरुङ, आँबुखैरेनी–३ वडाध्यक्षमा राप्रपाबाट सुमन बगाले, सदस्यमा राप्रपाबाट मनोज कुमार श्रेष्ठ र आँबुखैरेनी–१ वडाध्यक्षमा राप्रपाबाट जनकराज सेढाइको उम्मेद्वारी परेको छ ।

यस्तै, देवघाट गाउँपालिकामा राप्रपाका कृष्णप्रसाद आचार्यले गाउँपालिकाको अध्यक्ष र गंगामाया गुरुङले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । यस्तै, राप्रपाकै कृष्णप्रसाद पोख्रेरले देवघाट–५ को वडाध्यक्ष पदमा र चन्द्रबहादुर शाहीले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए ।
म्याग्दे गाउँपालिकामा जनमुक्ति पार्टीबाट उपाध्यक्षमा केशरबहादुर थापा र मौलीक जरोकिलो पार्टीबाट अध्यक्षमा टोलाराज वग्ले गरी २ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लामा राष्ट्रिय ६ र स्थानीय १७ गरी २३ दल दर्ता रहेका छन् । यी दलहरुले स्थानीय निर्वाचनमा आ–आफ्नो हिसावले उम्मदेवारी मनोनयन दर्ता गराएका छन् ।










