आदिकवि भानुभक्त क्याम्पसको अध्यक्ष दावा गर्दै चार जनाको उम्मेदवारी, शुक्रबार निर्वाचन

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औं वार्षिकोत्सव तथा १२औं अधिवेशन अन्तर्गत नयाँ सञ्चालक समिति चयन प्रक्रिया अगाडि बढाइएको छ। बुधबार एक कार्यक्रमका बिच वार्षिकोत्सव समारोह सम्पन्न गरी क्याम्पसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ ।

क्याम्पस सञ्चालक समितिको निर्वाचन अन्तर्गत विहीबार उम्मेदवारी दर्ता रहेकामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्याम्पसको अध्यक्ष पदका लागि कमलामोहन वाग्ले, राजु दाहाल, चुडामणि दाहाल र केशबहादुर सुनारको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक सरिता थापा भण्डारीले जानकारी दिइन् ।

यस्तै, क्याम्पस सञ्चालक समितिको खुल्ला सदस्य १२ जनामध्ये २१ जनाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला समिति सदस्यमा सङ्गीत घिमिरे, शिवहरि धिताल, सुरेन्द्र पौडेल, भाग्यशाली ढुङ्गाना, रामकृष्ण विक, दुर्गाभक्त अधिकारी, विवेक भट्टराई, पद्मराज सुवेदी, सोमराज सिग्देल, डा. इश्वरचन्द्र वाग्ले, विष्णुबहादुर बस्नेत, भरतप्रसाद पन्त, सुनिल मिश्र, रामजीप्रसाद तिमिल्सिना, गजेन्द्रराज पन्थ, गोपाल सुर्खाली, सहवीर उच्चै ठकुरी, मोहन गिरी, निर्मल पण्डित, इश्वरबहादुर विष्ट, श्रीराम कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

क्याम्पसको महिला सदस्य तीन जनामा सिर्जना तिवारी, शोभा बडु अधिकारी र वीणा कैनीको उम्मेदवारी दर्ता भएको छ भने दलित सदस्य एक जनामा मिनबहादुर चदारो र अर्जुन सुनारको उम्मेदवारी दर्ता भएको बताइएको छ ।

जग्गादाता (अल्पसंख्यक) एक जनामा ठाकुरबहादुर दरैको उम्मेदवारी दर्ता भएको छ । जनजाति सदस्य दुई जनामा क्या. सोमबहादुर थापा र चिजबहादुर दरैको उम्मेदवारी दर्ता भएको छ। अभिभावक समिति दुई जनामा कृष्णबहादुर रुचाल र रामराज अधिकारीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी, महेन्द्र गिरी र अम्बिका अधिकारीको उम्मेदवारी दर्ता भएको छ । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुङ्गाना र सदस्यमा प्रेमबहादुर राउत र सरु कुमालको उम्मेदवारी दर्ता भएको बताइएको छ ।

क्याम्पसको वास्तविक मर्म मलाई थाहा छ : उम्मेदवार वाग्ले

यस्तै, क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा उम्मेदरवारी दर्ता गराएका कमलामोहन वाग्लेले क्याम्पसको वास्तविक मर्म आफूलाई थाहा भएको र क्याम्पसलाई मानक विश्वविद्यालय बनाउने अभियानका लागि नेतृत्व गर्न सक्ने हिम्मतका साथ उम्मेदवारी दिएको बताएका छन्।

वरिष्ठ अधिवक्ता समेत रहेका वाग्लेले उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै क्याम्पसको स्थापनाकालदेखि नै क्याम्पसमा संलग्न रहँदै आएको बताए । उनले भने, ‘क्याम्पस स्थापनाका लागि पनि मैले भूमिका खेल्दै आएको हो। २८ वर्ष क्याम्पसमा प्राध्यापन गरेँ । प्राध्यापक संघको विभिन्न पदमा रहेर प्राध्यापकको हकहितका लागि काम गरे । क्याम्पस सञ्चालक समितिमा बसेर पनि काम गरेको अनुभव छ ।’

निर्वाचन बिहान १०ः३० देखि ५ बजेसम्म

यस्तै निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ८ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । बिहान ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बिहान १०ः३० बजदेखि दिउँसो ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker