बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

व्यास नगरपालिका–१३ आँपस्वाराबाट आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा ससुरा पक्राउ परेका छन् । २५ वर्षीया बुहारीलाई ४७ वर्षीय ससुराले आफ्नै घरको कोठामा पटक-पटक जवरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको बेला पटक-पटक जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा पीडितले गत जेठ २८ गते जाहेरी दिएकी थिइन् । जाहेरी दिएकै दिन प्रहरीले आरोपितलाई पक्राउ गरेर मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

ससुराले पटक-पटक अनैतिक व्यवहार गरी सहन नसकी पीडित माइत गएपछि घटना सार्वजनिक भएको बताइएको छ । पीडितले दिएको निवेदनमा ससुराले पछिल्लो पटक जेठ १४ गते बिहान घरमा कोही नभएको मौका परी दुर्व्यवहार गरेको उल्लेख छ । उजुरीमा ससुराले मार्ने सम्मको धाकधम्की र डर देखाएर आफूमाथि पटक-पटक दुर्व्यवहार गरेको उल्लेख छ ।

पक्राउ परेका ससुरालाई प्रहरीले जबरजस्ती करणी मुद्दा शीर्षकमा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय तनहुँ मार्फत जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले गत असार १९ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

सो मुद्दा अहिले पनि विचाराधीन छ । तर आरोपितलाई छुटाउन लागि जनप्रतिनिधि र संचारकर्मी समेतले दबाव दिँदै आएको प्रहरी उच्च श्रोतले जनाएको छ । उनीहरुले पीडितलाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन प्रयास गरिरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker