व्यास नगरपालिकाका सूचना अधिकारी वाग्ले सम्मानित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत बरिष्ठ अधिकृत गोकर्णराज वाग्ले सम्मानित भएका छन् । २०६५ सालदेखि २०७८ चैत्र ४ गतेसम्म सूचना अधिकारीको रुपमा जिम्मेवारी लिई नागरिकहरुको सुसुचित हुने सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय सूचना आयोगले पुरस्कृत गरेको हो ।

नगरपालिकाबाट सूचना प्रवाहको क्षेत्रमा उत्कृट योगदान गरेबापत उत्कृष्ट सूचना अधिकारीको रुपमा राष्ट्रिय सूचना आयोगले विहीबार उपराष्ट्रपतिको कार्यालयमा राष्ट्रिय सूचना आयोगको १५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति नन्द किशोर पुन र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker