क्षेत्रीय होटल संघ डुम्रेमा सन्तोषको नेतृत्वमा नयाँ कार्यसमिति

डुम्रे : क्षेत्रीय होटल संघ तनहुँ, डुम्रे बजार इकाइको २०औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शनिबार डुम्रेमा सम्पन्न गरिएको छ । अधिवेशनले सन्तोष थापाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपसभापतिमा सरोज श्रेष्ठ र महेन्द्र साही, सचिवमा ईश्वरप्रसाद लामिछाने, सहसचिवमा अरुण श्रेष्ठ तथा कोषाध्यक्षमा यमकुमारी तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा बिक्की गुरुङ, कृष्ण सारू थापा र सरू गुरुङ चयन भएका छन् ।

अधिवेशनमा सचिव ईश्वरप्रसाद लामिछानेले सचिवको तथा कोषाध्यक्ष यमकुमारी तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिएको थियो ।

निर्वाचन संयोजक राम जोशी तथा सदस्यहरू विकास खनाल र सङ्गीता प्रधान रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रम क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष चन्द्रकुमार कायस्थको उद्घाटन तथा नवनिर्वाचित अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महेन्द्र साहीले गरेका थिए भने स्वागत सरोज श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा भगवान श्रेष्ठ, फुलमती थापा, वरिष्ठ सई राजकुमार केसीलगायतले होटल व्यवसायीबीच एकता र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनीहरूले होटल व्यवसायको संरक्षण, प्रवद्र्धन तथा व्यवसायीका साझा समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker