५१औं भू–संरक्षण दिवसमा वृक्षारोपण : “जलवायु उत्थानशिलताकाको आधार, व्यवस्थित जलाधार”

दमौली : राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा तनहुँमा वृक्षारोपण गरी मनाइएको छ । ‘जलवायु उत्थानशिलताकाको आधार, व्यवस्थित जलाधार’ भन्ने नाराका साथ विहीबार वृक्षारोपण तथा अन्तरक्रिया गरी दिवस मनाइएको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक वन उपभोक्ता समुह र नवआदर्श टोल विकास संस्थाको समन्वयमा व्यास–१ स्थित अकला मन्दिर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपण गरी ५१औं भू–संरक्षण दिवस–२०८१ मनाइएको हो ।
बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको तनहुँका वरिष्ठ भू–संरक्षण अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।
विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको छ ।

‘वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ’, वरिष्ठ भू–संरक्षण अधिकृत अधिकारीले भने, ‘संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।’
दिवसका अवसरमा अकला मन्दिर परिसरमा अशोक, धुपी, कल्की, बडहर, बकाइनो, अम्रिसो लगायतका विरुवाहरु रोपण गरिएको उनले बताए । व्यास–१ का वडाअध्यक्ष रामेशचन्द्र हड्खले, वन उपभोक्ता समुख, टोल विकास संस्थाका पदाधकारी तथा स्थानीयको उपस्थितिमा वृक्षारोपण गर्नुका साथै भू–संरक्षणको महत्वका विषयमा चर्चा गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको प्रशासन अधिकृत श्रीकान्त न्यौपानले जानकारी गराए ।

नेपालमा भू–संरक्षणको महत्वलाई समझाउनका लागि ‘राष्ट्रिय भू–संरक्षण दिवस’ मनाउँदै आइएको छ । यस दिवसको महत्व नेपालको भू–संरक्षण सम्बन्धी सचेतना बढाउन र सर्वसाधारणलाई भूमि संरक्षणको महत्वपूर्णता बुझाउन सहज हुने विश्वास गरिएको छ ।
नेपाल एक पर्यावरणीय धरोहर र विविधता संग्रहणका लागि प्रसिद्ध देश हो । जसमा प्राकृतिक सौन्दर्य र समृद्ध जलवायु विशेषतः समाहित छ । तर, अव्यवस्थित विकास, भूकम्प, अनैतिक वनस्पति तथा पशुप्रजातिहरूको विलुप्ति, जलवायु परिवर्तनका प्रभावका कारण भूमि संरक्षणलाई अत्यधिक महत्व पाउँदै गएको छ ।
नेपालमा अनेक जीवदगी, जैव विविधता, नदी, वन्यजन्तु, वनस्पति आदि आवास गर्ने भूमि संसाधनहरूको अव्यवस्थित प्रबन्धनका कारण विकासले भूमि संरक्षणको प्रमुख चुनौती थप्दै गएको छ ।

राष्ट्रिय भू–संरक्षण दिवसको माध्यमबाट, सरकार र गैर–सरकारी संगठनहरूले विभिन्न कार्यक्रमहरू आयोजित गरेर सर्वसाधारणलाई भूमि संरक्षणको महत्वपूर्णता प्रतिपादन गर्दछन् । राष्ट्रिय भू–संरक्षण दिवसले सर्वसाधारणमा भूमि संरक्षणको बारेमा जागरूकता पैदा गर्दछ र उनीहरूलाई स्वयं भूमि संरक्षणमा सहयोग गर्नका लागि प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपालको पारिस्थितिकी संरक्षण, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता, वन्यजन्तु संरक्षण, जलस्रोत संरक्षण, भू–जलवायु प्रणालीको प्रबन्धन, जलस्रोत व्यवस्थापन, जलवायु अनुकूल प्रणालीको विकास, वनस्पति संरक्षण, समुद्र तथा जलवायु परिवर्तन सहितका पर्यावरण संरक्षणका लागि भू–संरक्षणको पाटो महत्वपूर्ण रहेको छ ।










