राप्रपा तनहुँको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण, धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा

राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताउनुभएको छ । राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले संसद् विघटनले संवैधानिक जटिलता सिर्जना भएको बताउनुभयो ।

लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताउनुभयो । “राप्रपाले सम्बद्र्धनवादको नीति अगाडि सारेको छ, प्राचीन मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सबल र समुन्नत बनाउने पार्टीको लक्ष्य हो,” उहाँले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठले राप्रपा एकजुट भएकाले कार्यकर्ता पनि एकजुट भएर सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय कार्यसम्पादन समिति सदस्य हेमजङ गुरुङले सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा राप्रपालाई स्थापनाकालदेखि सहयोग पु¥याउने भीमबहादुर बस्नेत, प्रेमबहादुर गुरुङ, देवीप्रसाद पौडेल, घनश्याम अधिकारी, अमृतबहादुर थापा, रामबहादुर शाहीलगायतलाई अध्यक्ष थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker