शुक्लागण्डकीमा जबरजस्ती करणीको अभियोगमा विक पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका ३२ वर्षीय जीवन विक भन्ने जुठे विक पक्राउ परेका छन् । विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
विकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका-१० छाब्दीस्थित जंगलको झाडीमाजेठ १ गते साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथर् इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










