तनहुँ पहिरो अपडेटः दुई जनाको शव भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परी बेपत्ता दुई जनाको शव आइतबार बिहान भेटिएका छन ।
शुक्रबारदेखि परेको अविरल झरीले हिरा नेपाली र सुनमाया कुमालको घरमाथीबाट आएको पहिरोमा परी ३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये ३६ बर्षीया अनिशा बास्ताेला र ६५ बर्षीय श्याम भण्डारीकाे शव आज बिहान भेटिएकाे जिल्ला प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए ।
यस्तै, ४० वर्षीया हिरा नेपालीको शव शनिबार बेलुका नै भेटिएको थियाे । उक्त पहिरोमा परी ५ जना घाइते भएका थिए ।










