तनहुँको शुक्लागण्डकी काउरेका पहिरापीडितलाई सहयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरापीडितलाई सूर्य नेपाल प्रालिले सहयोग गरेको छ ।
गत शनिबार पहिरा गएर पीडित भएका छ परिवारलाई सूर्य नेपालले सोमबार खाद्यान्न, लत्ताकपडा, टेन्टलगायत सामग्री सहयोग गरेको हो । पहिराबाट पीडित भएकालाई कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको सूर्य नेपाल प्रालिका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, सूर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीलगायत उपस्थितिमा पहिरापीडितलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
पहिराले घर पुरिएर आइतबार तीनजनाको मृत्यु भएको थियो । पहिराले पुरिएर ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो । पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नदी तथा खोलाका तटीय क्षेत्र, भिरालो जमिन र कमजोर भूधरातल भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker