लागुऔषध सहित तनहुँको आँबुखैरेनीमा तीन भारतीय पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन भारतीय पक्राउ परेका छन् ।

मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ ख ९६८४ नमबरको यात्रुवाहक बस जाँच गर्ने क्रममा प्रहरीले बुधबार तीन भारतीय नागरिकलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण घर बताउने १८ वर्षीय क्यामुदिन अन्सारी, भारतको मोतिहारी जिल्ला कटहनौनापुर ग्राम पन्चायत घर बताउने ६० वर्षीय मुस्ताफा खातुन र सोही ठाउँका १८ वर्षीय निराले आलम रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले निजहरुको साथबाट दुई सय १९ थान अवैध लागुऔषध बरामद गरेको छ । पक्राउ परेका विरुद्ध लागुऔषध मुद्धामा दश दिनको म्याद थप गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker