जालसाजी मुद्दामा १६५० रुपैयाँ जरिवाना नतिर्दा ६ वर्षपछि अतिमाया पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँ व्यास नगरपालिका-५ ठुलोटारकी अतिमाया कुमाललाई ६ वर्षअघि जालसाजीको मुद्दा लाग्यो । आफूविरुद्ध मुद्दा परेपछि कुमाल फरार भइन् । अदालतले २०७२ पुस ३० मा उनीविरुद्धको मुद्दामा फैसला गरेको थियो ।

उनलाई १६५० रुपैँया जरिवाना असुल गराउने गरी अदालतले आदेश दिएपनि उनी फरार थिइन् । प्रहरीले उनको खोजतलासी गरिरहेपनि भेटेको थिएन् ।

यस्तै, व्यास-११ का रामबहादुर बलकोटी विरुद्ध उच्च अदालत पाटनमा ठगी मुद्दा पर्‍यो । अदालतले बलकोटीलाई २ वर्ष २ महिना कारागार पठाउनुका साथै १ लाख ७५ हजार ११९ रुपैयाँ जरिवाना तिराउन आदेश गर्‍यो । २०६० पुस ८ गते अदालतले उक्त आदेश दिनुअघि नै बलकोटी फरार थिए । प्रहरीले उनको खोजी गर्दा नसकेपछि फाइल थन्क्याएर ‘वान्टेड’ को सूचीमा राखेको थियो ।

आदेश आएको लामो समय भइसकेपछि यी दुवै जना फरार अभियुक्त आ-आफ्नै घर फर्किसकेका थिए । तनहुँ प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएपछि फाइल हेर्दा यी दुइको पनि नाम देखियो । प्रहरीले एक पटक फेरी उनीहरुको खोजी थाल्यो ।

यो पटक भने प्रहरी चुकेन । दुवै प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गर्न सफल भएको छ । ‘फाइल हेर्दा यिनीहरुको नाम देखियो, एक पटक उनीहरुको घर भएतिर खोजौं भनेर जाँदा घरमै भेटिए, लामो समय भएकाले घर फर्किसकेका रहेछन्,’ तनहुँ प्रहरी प्रवक्ता युवराज तिमिल्सिनाले बताए ।

अतिमाया कुमाललाई व्यास-५ ठुलोटार र रामबहादुर बलकोटीलाई व्यास-११ रानीगाउँबाट प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई तनहुँ प्रहरीले अदालतमा उपस्थित गराइसकेको छ । अदालतले अतिमायालाई पूर्व आदेशबमोजिम १६५० रुपैयाँ जरिवाना असुल गराएर छाडिदिन आदेश गरेको छ ।

यस्तै रामबहादुर बलकोटीलाई भने कारागार चलान गरिएको तनहुँ प्रहरी प्रवक्ता तिमिल्सिनाले बताए । बलकोटीले अब २ वर्ष २ महिना कैद भुक्तानका साथै १ लाख ७५ हजार बढी जरिवाना तिर्नुपर्नेछ ।

तनहुँ प्रहरीले यस आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । यस अभियानमा प्रहरीले ३८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker