तनहुँको निर्वाचन अधिकृतमा मिन बहादुर कुंवर सिफारिस
भञ्ज्याङ समाचारदाता/दमौली

वि.सं. २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँको निर्वाचन अधिकृतमा मिनबहादुर कुंवर सिफारिस भएका छन् । न्याय सेवा आयोगले तनहुँको निर्वाचन अधिकृतमा जिल्ला अदालतका श्रेस्तेदार कुंवरलाई सिफारिस गरेको हो । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर सिफारिस गरेको छ ।
यस्तै, जिल्ला निर्वाचन कार्यालय तनहुँले २०७८ माघ २४ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ वैशाख २९ गते १८ वर्ष पुरा हुने मतदाताहरुको विवरण र दाबी विरोध गर्न मतदाताहरुलाई सूचित गरेको छ । जिल्लाका १० वटै पालिकाको ८५ वटै वाडामा आज विहीबार भित्र नामावली सूचना प्रकाशित गरिने भएको छ ।
निर्वाचन कार्यालयले आफ्नो वडा कार्यालयमा गै आफ्नो र परिवारको विवरण हेर्नु हुन र प्रकाशित सूचना बमोजिम कुनै विवरण सच्चाउन, नाम दोहोरो परेमा एउटा हटाउन, नामावली माथी दाविविरोध गर्नुपरेमा र मृत्यु वा बसाइ सराइ वा विवाह भै गएको कारण मतदाता नामावलीबाट नाम हटाउनु परेमा सूचनामा तोकिएको समयावधी भित्र प्रमाण सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन आग्रह गरेको छ ।










