खत्रीखोलाको बाढी भानुको टुहुरेपसल बजारमा पस्यो, खोला किनारका घर जोखिममा

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-६ टुहुरेपसल बजार क्षेत्रमा ठाडो खोलाको बाढी पसेको छ । मंगलबार राती ११ बजेदेखि परेको झरीका कारण बजारसंगै रहेको खत्री खोलामा आएको बाढी बजार क्षेत्रमा पसी बजार हिलाम्य बनाएको छ ।

टुहुरेपसलको खत्री खोला किनारमा रहेका घर कटानका कारण जोखिममा परेको स्थानीय जलाल खानले बताए । उनका अनुसार खोलासंगै रहेको सम्शेर मियाँको घर जोखिममा परेका कारण घरका बासिन्दालाई सुरक्षित गरी कटान रोक्नका लागि तटबन्ध गर्ने काम भइरहेको छ ।

उक्त खोलामा आएको बाढीले अन्य घरहरुमा पनि सामान्य क्षति पुर्‍याएको र समयमै तटबन्ध गरी सुरक्षित नगरे खोलामा आएको बाढीले थप क्षति पुर्‍याउने खतरा बढेको स्थानीय खानले बताए ।

यस्तै, मंगलबार राती परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका-२ र ५ जोड्ने बांगेरहको पुलमा पुनः क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुबैतर्फो भागमा क्षेति पुर्‍याएको छ ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा समस्या आएको छ । स्थानीयको अनुसार बाढीले पुर्‍याएको क्षति अस्थायी रुपमा मर्मत गरी सवारी साधान वारपार गरिएको भएपनि पुल जेखिमयुक्त अवस्थामा पुगेको छ ।

बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका-५, ६, ७, १०, १२ र १३ तथा व्यास नगरपालिकाको वडा नं. ८ पुलिमराङसम्मका र्सवसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षा गराइएको छ ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्‍याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको भएपनि बाढीले पुनः भत्काएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker