दुर्घटनामा दमौलीका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि दमौलीका एक युवकको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–५ याम्पाफाँटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा ती युवकको शाहको मृत्यु भएको हो ।

तनहुँ प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका–२ दमौलीमा बस्दै आएका २२ वर्षीया सुमित शाह हुन ।

उनले चलाएको बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा शाहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक सडकदेखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker