वृहत स्वास्थ्य शिविरमा तीन हजार जनालाई स्वास्थ्य सेवा

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको वृहत स्वास्थ्य शिविरमा करिब तीन हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाले गत माघ ९ देखि २५ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ हजार ९८१ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।

स्वास्थ्य शिविरमा १ हजार ७७० जनाको सुगर परीक्षण, ३६१ जनाको मलेरिया परीक्षण, ८० जनाको खकार परीक्षण, १ हजार २६९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको स्वास्थ्य प्रमुख भट्टराइले बताए ।

यस्तै, महिलाहरुको पाठेघारको मुखको क्यान्सर परीक्षण गर्दा २४ जनामा संकास्पद क्यान्सर पत्ता लगाई सम्बन्धित अस्पतालमा थप उपचारका लागि पठाइएको छ । १६९ जना महिलाहरुको पाठेघर खस्ने समस्याको उपचार गरिनुका साथै १९ जना महिलाहरुले परिवार नियोजन सेवा इम्पान्ट र २१ जना महिलाहरुले आई.यु.सि.डि. सेवा लिएका छन् भने ४६७ जनाले दन्तरोग सेवा लिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker