व्यास नगरपालिकाको ७ नम्बर वडा कार्यालय फोडेर चोरी

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-७ वडा कार्यालयमा चोरी भएको छ । कलेस्ती बजारमा रहेको वडा कार्यालयको गेट फोडेर गएराति राजश्व बापतको रकम चोरी गरिएको छ । वडा कार्यालयको मुख्य गेट फोडेर राजश्व बापतको पैसा चोरी भएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताए ।

‘आइतबार संकलन भएको राजश्व बापतको करिब पाँच हजार रुपैयाँ कार्यालयमै थियो, त्यो पैसा चोरी भएको छ’ अध्यक्ष न्यौपानले भने, ‘शुक्रबार वडा कार्यालयले करिब ५० हजार राजश्व बापतको रकम बैंमा जम्मा गरिसकेको थियो ।’

वडा कार्यालयमा रहेको सिसिटिभी क्यामरा फुटाइएको छ। सिसिटिभी क्यामरा वडा कार्यालय नजिकको बारीमा भेटिएको छ । सिसिटिभीको मोनिटर फुटाइएको अवस्थामा भेटिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले भने, ‘सिसिटिभी क्यामरा र मोनिटर फुटाएर फालिएको छ भने हार्डडिस्क भने चोरले नै लगेको पाइयो ।’

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको अध्यक्ष न्यौपानले बताए। उनका अनुसार रातिको समयमा अपरिचित समूहबाट चोरी भएपछि प्रहरीलाई बोलाएर अनुसन्धान सुरु गरिएको हो । कलेस्ती बजारमै राति तीन वटा घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाबारे अनुसन्धान थालिएको बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker