डेढ महिनादेखि भिडियो एक्सरे सेवा बन्द

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा करिव डेढ महिनादेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ । भिडियो एक्सरे सञ्चालन गर्ने दक्ष्य तथा अनुभवी जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ । प्रदेश सरकार अन्तरगत रहेको यस अस्पतालमा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दाहरु स्वास्थ्य उपचार गर्न आउने गर्छन् । भिडियो एक्सरे हेरेर उपचारसेवा लिनुपर्ने बिरामीहरुले भने उच्च शुल्क तिरेर नीजि अस्पतालबाट भिडियो एक्सरे गर्नुपर्ने बाँध्यता छ ।

यस अघि पनि हप्ताको दुइ दिनमात्रै अस्पतालले भिडियो एक्सरेको सेवा प्रदान गर्ने गरेको दमौली अस्पतालका निमिक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिवस ढकालले बताए । उनले भने, ‘ओ.पि.डि हेर्ने डाक्टरले भिडियो एक्सरे सञ्चालन सम्बन्धि तालिम लिनुभएको थियो, उहाँले नै हप्ताको दुइ दिन हेर्दै आउनुभएको थियो । डेढ महिना अगाडि डाक्टरको सरुवा भयो त्यसपछि हामीले सेवाग्राहीलाई भिडियो एक्सरे सेवा दिन सकेका छैनौं ।’

‘हप्ताको मंगलबार र बिहीबार भिडियो एक्सरेको सेवा प्रदान गर्दापनि हप्तामा २० देखि २५ जनाले सेवा लिनुहन्थ्यो’, डा. ढकालले भने, ‘अहिले उनीहरुलाई बहिरै गएर भिडियो एक्सरे गरी रिपोर्ट ल्याउनु भन्न बाँध्य भएका छौं ।’

१५ बेड क्षमताको अस्पताल भएतापनि ५० वेड क्षमताको अस्पताल सरह सेवा दिंदै गर्दा १५ वेड क्षमताका लागि निर्धारण गरिएको जनशक्तिले सेवाप्रवाहमा समस्य देखिन गरेको उनले बताए । ‘यतिबेला सेवाग्राहीको चाप बढेको छ, दिनमै दुइसय बढि सेवाग्राही आउनु हुन्छ’, डा. ढकालले भने, ‘हामीसंग उपलब्ध जनशक्ति कम छ । १५ वेड क्षमताको अस्पतालमा ५० वेड सरहको सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेकाले यो अवस्थालाई थेग्ने गरी जनशक्ति उपलब्ध नभएको र सम्बन्धित निकायमा जनशक्ति व्यवस्थापनको माग भएपनि सुनुवाई भएको छैन ।’

यस्तै दमौली अस्पतालबाट ५ सय रुपैयाँमा भिडियो एक्सरे सेवा लिन पाउनेमा अस्पतालमा सेवा बन्द गरेपछि नीजि अस्पतालहरुबाट एक हजार रुपैयाँ भन्दा बढि रकम खर्च गरेर सेवा लिन परेको व्यास नगरपालिका-१२ का किशोर थापाले बताए । उनले भने, ‘हुनेखानेलाई त केही फरक नपर्ला तर सरकारी अस्पस्तालबाट सास्तोमा सेवा लिन पाइन्छ भन्दै ग्रामीण क्षेत्रका बासिन्दालाई मर्का पर्ने भयो ।’

यस्तै अस्पतलामा कोभिड-१९ को समयमा जडान गरेका उपकरणहरु पनि अहिले प्रयोगमा छैनन् । अस्पतालमा रहेको ४ वटा भेन्टिलेटर सहितको ७ बेडको आइसियु कक्ष पनि ६ महिनादेखि बन्द छ । आईसियु कक्ष सञ्चालनका लागि दक्ष्य जनशक्ति नहुँदा बन्द गरी राख्न परेको अस्पतालकी नर्स दउकुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘ग्रामीण क्षेत्रका नर्सहरुलाई पनि यस्ता उपकरण सञ्चालनको तालिम दिइन्छ । हामीलाई पनि यस्ता तालिमहरु दिए अस्पतालमा भएका उपकरणलाई थन्काएर राख्नुपर्ने अवस्था हुन्थेन होला ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker