तनहुँको व्यास -१ स्थित निर्मल स्कूल अल्मुनाई एशोसिएसनमा न्यौपाने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको छाता संस्था निर्मल स्कूल अल्मुनाई एशोसिएसनको अध्यक्षमा डा. शेषरमण न्यौपाने चयन भएका छन् । एशोसिएसनको शनिबार सम्पन्न दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

एशोसिएसनको उपाध्यक्षमा हरिशचन्द्र वाग्ले, सचिव निर्दोष भट्टराइ, सहसचिव सुमन खड्का, कोषाध्यक्ष मुना तामाङ र सदस्यहरुमा महेन्द्र शर्मा, वीरबहादुर थापा मगर, अलिशा वंशी ठकुरी र विमला शाही चयन भएका छन् ।

एशोसिएसनका अध्यक्ष चक्रबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एशोसिएसनमा देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीलाई जोड्न सुझाए ।

कार्यक्रममा व्यास-१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले विद्यालयको गुणस्तर वृद्धिका लागि एशोसिएसनले भूमिका खेल्नुपर्ने बताए । सो अवसरमा संस्थाका कोषाध्यक्ष अप्सरा कैनीले आर्थिक प्रतिवेदन र सचिव चिरञ्जीवि पन्थले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker