ज्यान मुद्दामा फरार व्याक्ति २९ वर्षपछि पक्राउ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दामा फरार व्याक्ति २९ वर्षपछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्याक्तिहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिंदै आएको छ ।

२०४७ सालमा साबिक घिरिङ-५ स्थितमा श्रेष्ठहरुको मंसिर पुर्णिमाको रातको मेलामा स्थानीय दुइ समुहबिच झगडा परी बाबुलाल थापा मगरको बुबालाई कुटपिट एवं कर्तव्य गरी मारी घटना पश्चात फरार रहेका घिरिङ गाउँपालिका-५ बस्ने बर्ष ५५ को जोग बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको श्रेष्ठ उपर तनहुँ जिल्ला अदालतले २०४८ फागुन १९ गतेको फैसलाले निज उपर कैद सजाय हुने गरी फैसला तोकेकोमा तोकिएको कैद मध्ये ९ बर्ष ६ महिना १६ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका श्रेष्ठको खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जनाकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker