ल्होसार कपको उपाधी पल्टन एफसी चितवनले जित्यो

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकीमा आयोजित दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि पल्टन एफसी चितवनले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक भ्याली युथ क्बललाई पेनाल्टी सुटआउटमा ३-२ को गोल अन्तरले पराजित गरी पल्टनले उपाधि हात पारेको हो । निकै प्रतिष्पर्धात्मक भएको खेलको पहिलो हाफमा गोल गर्दै पल्टनले शुरुवाती अग्रता बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम समयमा थप गरिएको इन्जुरी टाइममा पाएको फ्रि किकमा उत्कृष्ट गोल गर्दै भ्यालीले खेल बराबरीमा ल्याएको थियो ।

क्याप्टेन सुवास शाही ठकुरीले उपलब्ध गराएको पासलाई वान टच गर्दै श्यामकाजी परियारले गोल गरेका थिए । निर्धारित समयमा दुवैतर्फबाट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा पल्टनले बाजी मारेको हो । उपाधि विजेता पल्टनले नगद ५५ हजार ५५५ रुपैयाँसहित कप मेडल र प्रमाण पत्र पाएको छ ।

उपविजेतामा सिमित बनेको आयोजक भ्यालीले ३३ हजार ३३३ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा भ्यालीका श्यामकाजी परियार उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै भ्यालीकै अंकित थापा मगर सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिता अवधिभर ४ गोल गरेका थिए। प्रतियोगितामा पल्टनका कृष्ण गुरुङ उत्कृष्ट गोलकिपर ठहरिए । उनीहरुले जनही १ हजार पाँच सय रुपैयाँसहित ट्रफि र प्रमाणपत्र हात पारे ।

विजेता समुह र उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा गुरुङले खेल र खेलाडी राष्ट्रको पहिचान र शान भएको बताउँदै आफना बच्चाहरुलाई पढ्न मात्र नभनेर खेलमा समेत सहभागी गराउनु पर्ने बताए । प्रतियोगितामा २९ समुहको सहभागीता रहेको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker