ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित ‘रुम्सी गाउँः नमूना ठाउँ’ घोषणा

दमौली : ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीयको आम्दानी बढाउने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ स्थित रम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको छ । व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस ठाउँलाई नमूना ठाउँ बनाउनेगरी कार्यक्रम अगाडि बढाएको हो ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत रुम्सी गाउँलाई नमूना ठाउँ घोषणा गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यस ठाउँलाई नमूना बस्तीका रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षण गरिने न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो ।”

यसका लागि गण्डकी प्रदेश सरकारले रु ६५ लाख सहयोग गरेको छभने नगरपालिकाले रु ३५ लाख लागत साझेदारी गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित नवप्रवर्तनीय साझेदारी कार्यक्रम रुम्सीका एक सय नौ घरमा सञ्चालन गरिएको छ । सोही परियोजनाअन्तर्गत होमस्टे पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २८ घरमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।”

रुम्सी गाउँलाई संस्कृति, प्रकृति, सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै न्यौपानेले भन्नुभयो, “दमौलीबाट रुम्सीसम्म सडक कालोपत्र गरिनेछ । सडक कालोपत्र भएपश्चात गाउँ र सहर जोडिनेछ ।”

दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा पुगिने रुम्सीका २८ घरधुरीमा होमस्टे सञ्चालन छ । यहाँ आउने पाहुनालाई अग्र्यानिक खाना, लोकल कुखुरा खुवाइने गरेको होमस्टे सञ्चालक सन्तोष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेश, पारिवारिक वातावरण, स्थानीय परिकार, मौलिक रहनसहन, यहाँको मुख्य आकर्षण हो ।”

वडाध्यक्ष काजिमान श्रेष्ठले पछिल्लो समय यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरूका लागि यो ठाउँ आनन्दित छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker